Nepal

Nepal

डेङ्गू ज्वरो (DENGUE FEVER)


    


    यो भाइरसको सङ्क्रमणले गर्दा लाग्ने रोग हो । यो भाइरस चार प्रकारका हुन्छन् । डेंगू भाइरस, , ३ र ४ । एक खालको भाइरसको सङ्क्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ अर्थात् एकपटकको सङ्क्रमणपछि जीवनभरि इम्युनिटी’ (प्रतिरोधी क्षमता) हुन्छ तर अन्य प्रकारका डेंगू भाइरसको सङ्क्रमणबाट भने केही समयलाई मात्र सुरक्षा हुन्छ र त्यो लागेपछि त्यसका जटिल समस्याहरु आउने सम्भावना बढेर जान्छ ।

 

डेंगू ज्वरोका तीन अवस्थाहरु हुन्छ ।

१. साधारण डेंगू ज्वरो (NORMAL DENGUE FEVER)

२. डेंगू हेमोरेजिक ज्वरो (DENGUE HEMORRHAGIC FEVER)

३. डेंगू सक सिन्ड्रोम (DENGUE SUCK SYNDROME)

 

    हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगू ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । यदि कुनै व्यक्तिलाई डेंगू हेमोरेजिक ज्वरो वा डेंगू सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्युसमेत हुन सक्छ ।डेंगू रोग मानिसबाट मानिसमा सोझै सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन ।

    डेंगू ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेंगू ज्वरोको रोगीको रगत अरुलाई चढाउँदा अङ्ग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ । डेंगू भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । यो ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइन्छ । डेंगू भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् ।

रोग सर्ने माध्यम

  1. लामखुट्टेको टोकाईबाट सर्दछ ।
  2. एडिज लामखट्टेको टोकाइबाट सर्दछ ।
  3.  साधारण तया लामखुट्टेले दिउसो टोकेर सर्दछ ।

 मुख्य लक्षणहरु

 1.    अचानक ज्वरो सुरु हुन्छ र ३ देखि ५ दिनसम्म हुन्छ ।

2.    बेसरी टाउको दुख्ने, बान्ता हुने, जोर्नि तथा हातखुट्टाका मासुहरु दुख्ने, आँखा पछाडी पिडा हुने र छालामा एक प्रकारका रातो दाग देखिनु ।

3.    कतिपय गम्भिर बिरामिहरुमा रगत पनि आउछ, जसलाई डेङ्गो रगतजन्य ज्वरो वा (DENGUE HEMORRHAGIC FEVER) पनि भनिन्छ ।

        यो रोग निको हुन सङ्क्रमण भएको दुई देखि सात दिनसम्म लाग्न सक्छ । डेंगू सङ्क्रमित लामखुट्टेले दिउँसो मात्र टोक्छ र खास गरी वर्षातको मौसममा डेंगूको प्रकोपमा बढ्ने हुँदा घरआँगन, वरपर सरफाइमा ध्यान दिने, कुनै ठाउँमा पानी जम्न नदिने र पानीलाई ढाकछोप समेत गर्ने आवश्यक रहेको डेङ्गीबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।

        यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा सकेसम्म शरीरका धेरै भाग ढाक्ने कपडा लगाउने गर्न सकिन्छ । भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेङ्गी छ भने मुखबाट वा नसाबाट (इन्ट्राभेनस) तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेङ्गीको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन सक्छ । डेङ्गी लागेको बेलामा इबुप्रोफिन (Ibuprofenजस्ता नन्स्टेरोइडल एन्टी (No steroidal Anti-Inflammatory Drugs) औषधिहरू प्रयोग गर्नु हुँदैन । चिकित्सकीय सल्लाह समयमा लिनुपर्छ । 

        डेंगु रोग एक प्रकारको भाइरस (Dengue Virus DENV) ले हुने रोग हो यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । 

Dengue Virus Four distinct stereotypes:- DEN V1, DEN V2, DEN V3 & DEN V4

    एक पटक एउटा प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको डेंगु रोग लाग्दैन, तर अन्य प्रकारको डेंगू रोग लाग्न सक्छ, र दोस्रो पटक लाग्ने डेंगू पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।

 Incubation period= 4-7 days,                Range from 3 – 14 days

    डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८ देखि १२ दिन पछी त्यो लामखुट्टे पनि संक्रमित हुन्छ र जीवनभर संक्रमित रहन्छ ।

    पोथी जातको लामखुट्टेलाई फूल पार्नको लागि प्रचूर मात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकोले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ । भाले जातको लामखुट्टेले बोट बिरुवाको रस चुसेर जीवन यापन गर्दछ । सामान्यतया एउटा पोथी लामखुट्टेले उसको १४-२१ दिनको जीवनमा ८०० वटा अण्डा पार्न सक्छ ।

    डेंगुको विषाणु बोकेको लामखुट्टेले यसका प्रत्येक अण्डामा डेंगुका विषाणु सार्दछ । हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्ति रोग बाट सँक्रमित हुन्छ ।

    डेंगु भएको व्यक्तिलाई लामखुट्टेले टोक्दा सो व्यक्तिको रगतमा भएका डेंगुका भाइरसहरु लामखुट्टेमा सर्दछन् ।

    डेंगुबाट संक्रमित एडिस जातको लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग सर्दछ । त्यसपछि व्यक्तिमा डेंगु वा Dengue Hemorrhagic Fever का लक्षणहरु देखिन सक्छन् वा कुनै खालको संक्रमण नदेखिन पनि सक्छ ।

    डेंगु एउटा मानिसबाट अर्को मानिसमा सोझै सर्दैन । सामान्य डेंगुमा मृत्यु हुने सम्भावना ज्यादै न्यून हुन्छ ।

Dengue Hemorrhagic Fever -DHF and Dengue Shock Syndrome -DSS:- समयमै उपचार गर्न सकिएमा मृत्युदरलाई १ देखि २ प्रतिशतमा मा झार्न सकिन्छ ।

रक्तश्रावको खतरा हुन सक्ने अवस्थाहरू

1.    लामो समयसम्म वेहोश भएमा

2.    जलवियोजन भएमा

3.    कलेजोमा खराबी उत्पन्न भएमा

4.    दुखाई कम गराउने ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधीहरूको प्रयोग गरेमा

5.    ग्यास्ट्राइटिसको समस्या भएका बिरामीहरूमा

6.    रगत पातलो बनाउने औषधीको सेवन गरिरहेका बिरामीहरूमा

7.    शरीरमा कुनै प्रकारको चोटपटक लागेको भएमा

 

विश्वव्यापि अवस्था

       I.            विगत केहि दशक देखि विश्व भरी नै डेंगु रोगको संक्रमण अत्यधिक रुपमा बढ्दै गैरहेको छ । वितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ ।

     II.            विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् । १२८ भन्दा बढी मुलुकका ३.९ अरब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् ।

  III.            प्रत्येक वर्ष झन्डै ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनाका साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

 

नेपालमा डेंगु

1.    सन् २००४ मा पहिलो विरामी (विदेशी) भेटिएको ।

2.    सन् २००६ मा तराई र भित्रीमधेशका केहि जिल्लामा डेंगुका विरामीहरु भेटिएको ।

3.    सन् २०१० मा चितवन लगायत रुपन्देही, नवलपरासी आदि जिल्लाहरुमा महामारीको रुपमा फैलिएको । देश भरीमा ९१७ केशहरु देखिएको ।

4.    सन् २०१६ मा चितवन, झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देश भरमा जम्मा १५२७ केशहरु देखिएको ।

5.    सन् २०१७ मा चितवन, झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देश भरमा जम्मा २१११ केशहरु देखिएको ।

6.    सन् २०१८ मा कास्की रुपन्देही र चितवन जिल्लामा महामारीको रुपमा फैलिएको र देश भरमा जम्मा ८११ केशहरु देखिएको ।

7.    सन् २०१९ मा सुनसरी, मोरङ्ग, झापा, चितवन , कास्की र मकवानपुर जिल्लाहरुमा महामारीको रुपमा फैलिएको सुनसरीमा मात्र ३२६६ विरामी पाइएका । सन २०१९ को भाद्र ११ सम्म ४९६२ डेंगु विरामी भेटिएको ।

रोकथामका उपायहरू

1.    पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।

2.    पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ।

3.    कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।

4.    फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ ।

5.    एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।

6.    लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।

7.    घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

8.    घर वरिपरि सफा सुग्घर राख्ने पानी जम्ने खाल्टाखुल्टी पुर्नुपर्दछ ।

 

डेंगु रोग नियन्त्रण र रोकथामका लागि हाल भई रहेका गतिविधिहरु

१. लामखुट्टेको वासस्थान खोजि गरी लार्भा नष्ट गर्नका लागि खोज तथा नष्ट गरकार्यक्रम

२. डेंगु रोग नियन्त्रण र रोकथामका सम्बन्धमा स्वाथ्यकर्मी, पत्रकार, महिला स्वास्थ्य स्वयमसेविका, सरोकारवालाहरुलाई अभिमुखिकरण

३. डेंगु रोग नियन्त्रण ,रोकथाम तथा उपचारका लागि आवश्यक सामाग्रीहरुको व्यवस्थापन

४. डेंगु रोग नियन्त्रण र रोकथाम सम्बन्धि स्वास्थ्य सुचना प्रशारण तथा जनचेतनामूलक गतिविधिहरु

५. डेंगु रोगको प्रकोप नियन्त्रण र रोकथामका लागि विभिन्न स्तरमा स्वास्थ्यकर्मी सहितको टोली परिचालन

६. इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखावाट डेंगु रोग नियन्त्रण सम्वन्धि सम्पादित कार्यक्रमहरु ःमहोतरीको वर्दिवास, चितवनको रत्ननगर र भरतपुर न.पा, झापाको अर्जुनधारा, विर्तामोड, सुन्दरहरैचा, वेलवारी न.पा र धादिङ्गको निलकण्ड न.पा.मा लामखुटेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्य गरेको ।

७. सो समयमा सरोकारवाला, जनप्रतिनिधि, संचारकर्मीहरुसंग अन्र्त्क्रिया कार्यक्रम संचालन भएको ।

८. डेंगु रोग निदानको लागि द्रूत कीट जिल्ला तथा अस्पतालको माग वमोजिम नियमित रुपमा वितरण

९. महामारी भएका स्थानहरुमा केन्दबाट विशेषज्ञ सहितको टोली नियन्त्रण तथा व्यवस्थापन गर्न परिचालन

१०. डेंगु रोग सम्वन्धि चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन

११. डेंगु रोगको राष्ट्रिय समिक्षा गोष्ठी संचालन

१२. डेंगु रोग नियन्त्रण र व्यवस्थापन सम्वन्धि निर्दे्शिका तयारी नियमित रुपमा समन्वय र सहयोग आदि ।

 

धन्यवाद


_______________________  

Prabin Dahal

______________________________

Temp= Chabahil-7, Kathmandu, Nepal

Perm= Sirthouli-5, Sindhuli, Nepal (Dudhouli-4, Sindhuli, Nepal)

CELL:  977-9860491769 / 977-9823168686  

prabindahal43@gmail.com

www.facebook.com/prabin.dahal.31

Post a Comment

0 Comments