Nepal

Nepal

पशुपति मित्र माध्यामिक विद्यालय चाबहिल मा यु.रे.स. पुनर्गठन

काठमाडौ -०७, चाबहिल स्थित युवा रेडक्रस सर्कल पशुपति मित्र मा.वि.को मिति २०८० श्रावण १२ गते शुक्रबार भएको अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । सर्कलका अध्यक्ष  आशिका कुमाल, उपाध्यक्ष करिना नेपाल, सचिव मनिस अधिकारि, कोषाध्यक्ष्य दादिकी शेर्पा,उप-सचिव सजिना खड्का, उप-कोषाध्यक्ष्य जेनिश अधिकारी र सदस्यहरु विद्या मगर, रिजन प्याकुरेल, राधा अग्रहरि, अस्मिता सुनार र रिजन बोहरा चयन भएका छन। यस्तै, युरेस पशुपति मित्र मा.वि.को शिक्षक नायकमा सवि कोइराला र सह शिक्षक नायकमा श्याम खड्क चयन भए ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाको चाबहिल पशुपति बौद्ध उपशाखाका जुनियर तथा युवा उपशाखा समितीका संयोजक प्रविण दाहालले विद्यालयको युरेस र उपशाखाबीच सहकार्य गरी आगामी दिनमा मानव सेवामा समर्पित हुने बताए । विद्यालयका प्रध्यानाध्यपक तथा युरेसका संरक्षक श्री चन्द्रकान्त पण्डितले विद्यालयको युरेसले आगामी दिनका काठमाडौ  जिल्लामा नै उत्कृष्ट सर्कलको रुपमा क्रियाशील रहने गरी कार्य गर्न शुभकामना दिनुभएको छ ।


विद्यालयका प्रध्यापक नारायण न्यौपानेले कार्यक्रममा उपस्थित अतिथि र विद्यार्थीलाई स्वागत तथा कार्यक्रम संचालन गर्नुभएको थियो।





Post a Comment

0 Comments