Nepal

Nepal

किटनाशक औषधि छर्कि किटाणु निर्मुलिकरण गर्ने कार्य सम्पन्न !


चाबहिल, काठमाण्डौ । कोरोना भाईरस (कोभिड १९) का कारण देशभर लकडाउनको अबस्थामा किटाणु फैलनमा कम गर्ने लक्ष्य सहित मिति २०७७ जेष्ठ २० गतेका दिन नेपाल रेडक्रस सोसाईटी काठमाण्डौ जिल्लाशाखाकाठमाण्डौ महानगरपालिका वडा नं. ६८ र ९ को सहयोगमा नेपाल रेडक्रस सोसाईटी चाबहिल पशुपति बौद्ध उपशाखाको आयोजनामा बिहाान ०९ बजे देखि साझ ०५ बजे सम्म नेपाल रेडक्रस सोसाईटी चाबहिल पशुपति बौद्ध उपशाखाको कार्यक्षेत्र का.म.न.पा. वडा नं. ६८ र ९ को निम्न भिडभाड हुने स्थानहरुमा किटनाशक औषधि(Sodium hypochlorite 0.1%) छर्कि किटाणु निर्मुलिकरण गर्ने कार्य सम्पन्न गरीयो ।




काठमाण्डौ महानगरपालिका वडा नं.६

चुच्चेपाटिमहाङ्कालतिनचुलिरामहिटिकपन तेन्जिङ्ग चोकभृकुटि चोकमिलनचोक तरकारी बजार वरपरगणतन्त्र चोकसरस्वति नगर हुदै गोपिकृष्ण नगर सम्म ।

काठमाण्डौ महानगरपालिका वडा नं.७

मित्रपार्कनेपाल टेलिकम पछाडि (दिर्घायु गुरु असपताल)मुसे गणेसचारुमति बिहारगंगाहिटी पुलिस स्टेसन वरीपरीओम अस्पताल वरीपरीभत्केको पुलबुलबुलेगणेस्थान तरकारी बजार वरीपरीलामपोखरीसिफलकालोपुल कृयापुत्रि भवन (कालोपुल वारी) सम्म । 

काठमाण्डौ महानगरपालिका वडा नं.८

सिफल चौरकैलाशकुट मार्गजयवागेश्वरी हुदै तिलगंगा सम्म । 

काठमाण्डौ महानगरपालिका वडा नं.९

रातोपुल खालिजग्गा, बत्तिसपुतलि, रामचन्द्र मार्ग, गौशाला, सम्भावि स्कुल, खरीबोट, पुरानो वानेश्वर चोक, गोल्डेनगेट कलेजओम मार्गके.एम्.सि अस्पताल सिनामंगलराष्ट्रिय परीक्षा बोर्ड सिनामंगलपञ्चकुमारी मार्ग सम्म ।

सो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न नेपाल रेडक्रस सोसाईटी चाबहिल पशुपति बौद्ध उपशाखाका तर्फबाट सभापति उत्तम नारायण महर्जनउपकोषाध्यक्ष माधव लाल श्रेष्ठ, उप-सचिव  तथा रक्तदान कार्यक्रम संयोजक बिदुर उप्रेती र स्वंयमसेवक प्रविण दाहाल लगाएत अन्य स्वंयमसेवकहरुले सहयोग गर्नुभएको थियो ।

 


जानकारी तथा फोटोः प्रविण दाहाल

Post a Comment

0 Comments