Nepal

Nepal

रगतको अभाव हुन नदिन बृहत रक्तदान कार्यक्रम सम्पन्न








असार ०६ २०७७ । काठमाण्डौ ।
कोरोना भाईरस (कोभिड १९) का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन गौरीवास समाज काठमाण्डौ आयोजना र नेपाल रेडक्रस सोसाईटी चाबहिल पशुपति बौद्ध उपशाखाको सह आयोजनामा रक्तदान कार्यक्रम २०७७ असार ०६ गते शनिबारका दिन बिहान ११ बजे देखि ०२ बजे सम्म का.म.न.पा. वडा नं ०७ चाबहिल चोकमा सम्पन्न भएको छ । यस्तो लकडाउनको समयलाई चुनौतीको रुपमा सामना गरेर रक्तदान कार्यक्रम गर्दा व्यक्तिगत सुरक्षाको सबै साधन अपनाइ सावधानिक रुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । 



केन्द्रिय रक्त सञ्चार सेवा केन्द्र कालिमाटीको प्राविधिक टोलीबाट रगत संकलन कार्य भएको सो कार्यक्रममा महिला रक्तदाता ०५ जना र पुरुष रक्तदाता ३३ जना गरी जम्मा ३८ जना स्वयंसेवी रक्तदाता महानुभावहरूले आफ्नो अमूल्य रगत दान गर्नुभई सहयोग पुर्याउनुभएको थियो ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न नेपाल रेडक्रस सोसाईटी चाबहिल पशुपति बौद्ध उपशाखाका सभापति उत्तम नारायण महर्जन, उप–सभापति गोपि कृष्ण खरेल, उप–कोषाध्यक्ष माधव लाल श्रेष्ठ र उप–सचिव तथा रक्तदान कार्यक्रम संयोजक बिदुर उप्रेती, कार्यसमिति सदस्य रविन धरेल, स्वयमसेवक प्रविण दाहाल र स्वयमसेवक सुजन खतिवडा लगाएत श्री गौरीवास समाज काठमाण्डौ अन्य स्वंयमसेवकहरुले भौतिक सहयोग गर्नुभएको थियो । 



नोट ः औषधि सेवन गरेका, महिनावारी भएको वेला, सुगर तथा  प्रेसरका विरामीहरू, मध्यपान सेवन गरेकाहरुले रक्तदान गर्न मिल्दैन ।

यदि रक्तदान कार्यक्रमहरु आयोजना गर्नुपरेमा
  • ने.रे.सो चाबहिल पशुपति बौद्ध उपशाखाका सभापति उत्तम नारायण महर्जन ९८४११९८६४८
  • ने.रे.सो चाबहिल पशुपति बौद्ध उपशाखाका उप–सचिव तथा रक्तदान कार्यक्रम संयोजक बिदुर उप्रेती ९८४१३०९७१०
  • ने.रे.सो स्वयमसेवक प्रविण दाहाल ९८६०४९१७६९
  • ने.रे.सो हटलाईन ११३०

धन्यवाद


_______________________  

Prabin Dahal

______________________________

Temp= Chabahil-7, Kathmandu, Nepal

Perm= Sirthouli-5, Sindhuli, Nepal (Dudhouli-4, Sindhuli, Nepal)

CELL:  977-9860491769 / 977-9823168686  

prabindahal43@gmail.com

www.facebook.com/prabin.dahal.31

Post a Comment

0 Comments