Nepal

Nepal

खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८० असार २९, शुक्रबार । चाबहिलको चुच्चेपाटीमा रहेको मुन स्काई कन्सल्टेन्सीको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


२०८० असार २८ गते बिहीबार बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि रक्तदान आयोजना गरिएको कन्सल्टेन्सीका सञ्चालक एवं अध्यक्ष मणिकुमार (एम.के) राईले बताए ।


उनका अनुसार रक्तदानमा ४५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम सम्पन्न भएपछि संकलन गरेर नेपाल रेडक्रस सोसाइटीको चाबहिल शाखालाई हस्तान्तरण गरिएको पनि उनले बताए ।

उनले भने, ‘जोखिममा परेका कसैको ज्यान बचाउनु नै मानवीय धर्म हो भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको हो र आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरुमा सहभागी हुने तथा आयोजना गरिने छ ।  पेशा, व्यवसाय हामी सबैको फरकफरक भए पनि समाजमा बसेपछि मानवताको नाताले निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गर्नु हाम्रो दायित्व हो । एउटाको सहयोगले मृत्यु शैय्यामा पुगेका कसैको ज्यान बच्छ भने त्यहिाँ हो धर्म ।’

चाबहिल क्षेत्रमा कोरियन भाषा हबको रुपमा स्थापित कन्सल्टेन्सीले केवल आफ्नो शिक्षण पेशा र व्यवसायलाई मात्र अघि बढाएको छैन मानवीय धर्म नै पहिलो समाजमा बस्नुको आधार हो भन्ने स्थापित गरिरहेको छ । ‘पहिले असल समाज हो र त्यो स्थापित गर्ने असल शिक्षा हो,’ अध्यक्ष राईले भन्छन् ।

रक्तदानमा विद्यार्थी, शिक्षक, विभिन्न पेशा, व्यवसायका व्यक्तिहरु र स्थानीय पनि सहभागी भएका थिए । रक्तदान कार्यक्रमको सहआयोजकतर्फ नेपाल रेडक्रस सोसाइटी चाबहिल पशुपति बौद्ध उपशाखा, खामाखा खार्चुङ समाज र कृयु अफ ड्रिम्स (सि.ओ.डि.) नेपाल रहेका थिए ।


यदि रक्तदान कार्यक्रमहरु आयोजना गर्नुपरेमा
  • ने.रे.सो चाबहिल पशुपति बौद्ध उपशाखाका सभापति उत्तम नारायण महर्जन ९८४११९८६४८
  • ने.रे.सो चाबहिल पशुपति बौद्ध उपशाखाका सचिव बिदुर उप्रेती ९८४१३०९७१०
  • ने.रे.सो चाबहिल पशुपति बौद्ध उपशाखाका कार्यसमिति सदस्य प्रविण दाहाल ९८६०४९१७६९
  • ने.रे.सो हटलाईन ११३०
नोट : औषधि सेवन गरेका, महिनावारी भएको वेला, सुगर तथा  प्रेसरका विरामीहरू, मध्यपान सेवन गरेकाहरुले रक्तदान गर्न मिल्दैन ।

Post a Comment

0 Comments