१. घरबाट बाहिर सार्वजनिक यातायात
प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको
कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा (Glove) तथा फेस मास्क (Face mask) अनिवार्य लगाऔ ।
२. एक पटक प्रयोग गरिसकेको फेस
मास्क वा पञ्जा पुन: दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा/परिवर्तन गरौ ।
३. घरभित्र कोठा वा भान्छाकोठा वा
बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले
छुट्टाछट्टै टावेल प्रयोग गरौ तथा दैनिक रुपमा सफा राखौं ।
४. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोलीसकेपछि/बन्द
गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले हात धोऔ वा Hand Sanitizer को प्रयोग गरौ ।
५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन
पानीले तत्काल हात धोऔ वा Hand Sanitizer को प्रयोग गरौ ।
६. घरका सबै सदस्यले आ-आफ्नै
टुथब्रस, थाली/प्लेट, चम्चा
प्रयोग गरौ । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौ ।
७. सम्भव भएसम्म शाकाहारी भोजन
ग्रहण गरौ । नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौ ।
८. रोग नलागेको र घरमा पालिएको
जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात
तत्काल साबुन पानीले हात धोऔ ।
९. घर वा कार्यस्थलका कोठाहरु
गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल
ढोका बन्द गरेर कोठा न्यानौ राखौ । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला
राखौ ।
१०. एक पटक प्रयोग भइसकेका
भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड
वा अन्य सामग्री राम्रो संग धोएर पुन: प्रयोग गरौ ।
११. खाना पकाउनु अघि वा खाना खानु
अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुनपानिले राम्रोसंग हात
धोऔ ।
१२. यदी कसैलाइ ज्वरो सहितको
रुघाँखोकी लागेको छ भने घर भन्दा बाहिर यात्रामा ननिस्किऔ । घरमा छुट्टै Isolation Room मा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा
बिशेष सतर्कता अपनाऔ । मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।
१३. दैनिक कम्तीमा ५-६ लिटरसम्म
पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ ।
For More Information Follow the link Below:
https://www.youtube.com/watch?time_continue=8&v=1APwq1df6Mw&feature=emb_logo
0 Comments