Nepal

Nepal

रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी चाबहिल पशुपति बौद्ध उपशाखाको आयोजनामा प्रत्येक आईतबार हुने रक्तदान कार्यक्रम २०७६ फाल्गुण २५ गते आइतबार चाबहिल काठमाडौंमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा उपशाखाका सभापतिले आफ्नो अमूल्य रगत दान दिएर अरू कसैको जीवन बचाउने कार्य गर्नुभएकोमा सम्पूर्ण स्वयंसेवी रक्तदातालाई धन्यवाद दिँदै नियमित रुपमा रक्तदान गर्नुहुनसमेत अनुरोध गर्नुभएको थियो । रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने बताउनुहुंँदै रक्तदान गर्न सर्बसाधारण मा आब्हन गर्नुभएको थियो । सो कार्यक्रममा रक्तदान गर्नुहुने महानुभावहरूलाई कार्यक्रमस्थलमै प्रमाण पत्रको ब्यवस्था गरिएको थियो ।


केन्द्रिय रक्त सञ्चार सेवा कालिमाटीको प्राविधिक टोलीबाट रगत संकलन कार्य भएको सो कार्यक्रममा जम्मा १२ जना स्वयंसेवी रक्तदाता महानुभावहरूले आफ्नो अमूल्य रगत दान गर्नुभई सहयोग पुर्याउनुभएको थियो । सो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न उपशाखाका कार्यसमिति सदस्य तथा स्वयम सेवक साथिहरुले भौतिक सहयोग गर्नुभएको थियो ।

Post a Comment

0 Comments