काठमाण्डौ । कोरोना भाईरस (कोभिड १९) का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन श्री पिङ्गला युवा क्लब को आयोजनामा रक्तदान कार्यक्रम २०७७ बैशाख २७ गते बिहान ११ बजे देखि ०२ बजे सम्म का.म.न.पा. वडा नं ०८ को पिङ्गलास्थानमा सम्पन्न भएको छ । यस्तो लकडाउनको समयलाई चुनौतीको रुपमा सामना गरेर रक्तदान कार्यक्रम गर्दा व्यक्तिगत सुरक्षाको सबै साधन अपनाइ सावधानिक रुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रम मा प्रमुख अतिथि श्री नरोत्तम बैध्य ज्यु, माईती नेपालका संस्थापका तथा प्रबन्धक श्री अनुराधा कोईराला ज्यु, का.म.न.पा. वडा नं ०८ का वडा अध्यक्ष श्री दिनेश सिंह डंगोल ज्यु, का.म.न.पा. वडा नं ०९ का वडा सदस्य टेक राज अधिकारी ज्यु को उपस्थिति रहेको थियो ।

केन्द्रिय रक्त सञ्चार सेवा केन्द्र कालिमाटीको प्राविधिक टोलीबाट रगत संकलन कार्य भएको सो कार्यक्रममा जम्मा ६१ जना स्वयंसेवी रक्तदाता महानुभावहरूले आफ्नो अमूल्य रगत दान गर्नुभई सहयोग पुर्याउनुभएको थियो ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न नेपाल रेडक्रस सोसाईटी चाबहिल पशुपति बौद्ध उपशाखाका सभापति उत्तम नारायण महर्जन, कोषाध्यक्ष रवि ढुंगेल, उप–कोषाध्यक्ष माधव लाल श्रेष्ठ र कार्यसमिति सदस्य तथा रक्तदान कार्यक्रम संयोजक बिदुर उप्रेती लगाएत श्री पिङ्गला युवा क्लबका अन्य स्वंयमसेवकहरुले भौतिक सहयोग गर्नुभएको थियो ।
नोट ः औषधि सेवन गरेका, महिनावारी भएको वेला, सुगर तथा प्रेसरका विरामीहरू, मध्यपान सेवन गरेकाहरुले रक्तदान गर्न मिल्दैन ।
0 Comments