कपन (बु.न.पा), काठमाण्डौ
। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) संक्रमणको जोखिमलाई मध्यनजर
गर्दै नेपाल सरकारले पनि देशभर लकडाउन लागू गरेको छ ।
लकडाउनका कारण दैनिक ज्याला
मजदुरी गर्नेहरु सबैभन्दा बढी प्रभावित बनेका छन् । त्यो भन्दा बढी सडमा रहेका पशु-चौपायाहरु प्रभावित छन् । सडकमा भएका पशु-चौपायाहरुले खान पाए/नपाएको प्रति धेरैको
ध्यान जान सकेको छैन ।
यही अवस्थालाई ध्यानमा
राखेर बुढानिलकण्ठ क्षेत्रका युवाहरुले सडकमा भोकै रहेका कुकुरहरुलाई दैनिक खाना
खुवाउँदै आएका छन् ।
‘मिलेर
गरम्, सकेको
गरम्’ अभियनाका
साथ बुढानिलकण्ठ नगरपालिका वडा नं. १० र १२ का युवाहरुले सडकका कुकुरहरुलाई दैनिक
खाना खुवाउने गरेका हुन् । आज मिति २०७७ बैशाख २५ गतेका दिन पनि “करिब
१५० ओटा भन्दा बढि सडकमा रहेका कुकुरहरुलाई खाना खुवाएको” साहिल
गौतमले जानकारी दिएका छन् ।
उनीहरुले सकेको सहयोग
उठाएर सडकका कुकुरहरुलाई दैनिक खाना खुवाउँदै आएका छन् । यो अभियान लकडाउन अवधिभर
मात्र नभएर निरन्त गरिने उनीहरुले बताएका छन् । सडकमा भएका कुकुरहरु मात्र नभई एक
गाँस खाना खान गाहे पर्ने हरु लाई पनि सहयोग गर्ने वाचा लिएर अगाडि बढेको छन् ।

अभियानमा स्थानीय युवाहरु
दिपेस भण्डारी (साने) ,राहुल लुइँटेल , रुपेश भट्टराई , किरण थापामगर , साहिल गौतम , नयन रिमाल , बिसाल ओलि , प्रकास खतिवडा र
सबिन मिश्र छन् ।
सहयोगि हात हरुलाई स्वागत
छ ।
सम्पर्क गर्नुपरेमा दिपेस भण्डारी (साने) ९८०८०४०२१६
साहिल गौतम ९८१०१२२८६१
साहिल गौतम ९८१०१२२८६१
0 Comments